ओलम्पिक गोल्ड मेडलमा कति हुन्छ सुन ? कति पर्छ मूल्य ?

काठमाडौं । टोकियो ओलम्पिकको आज अन्तिम दिन खेलाडीहरु यतिबेला ओलम्पिक्समा आफ्नो नाम इतिहासमा लेखाउन र साथै आफूसँग एउटा भए पनि ओलम्पिक मेडल घर ल्याउन अन्तिम प्रतिस्पर्धा गरिरहेका छन् ।

चाहे त्यो गोल्ड, सिल्भर होस् या ब्रोन्ज, ओलम्पिक मेडल भन्नासाथ सबै खोलाडीका लागि यो अत्यन्तै अमूल्य सम्पदा मानिन्छ ।

ओलम्पिक मेडलका डिजाइन हरेकचोटी फरक बनाइएका हुन्छन् । गोल्ड, सिल्भर र ब्रोन्ज सबैको ‘डाएमिटर’ ८५ मिलिमिटरको हुन्छ भने यसको मोटाइ ७.७ एमएम देखि १२.१ एमएमसम्मको हुन्छ ।

गोल्ड मेडल सुन्ने बित्तीकै हाम्रो मनमा यो सबै सुनबाट बनेको हुन्छ होला भन्ने लाग्न सक्छ । तर, वास्तवमा गोल्ड मेडल सुनको जलप लगाइएको शुद्ध चाँदिले बनाइएको हुन्छ । यसको कूल तौल ५५६ ग्राममा ६ ग्राम सुन हुन्छ ।

त्यस्तै, सिल्भर मेडल पनि शुद्ध चाँदिले बनेको हुन्छ र यसको तौल ५५० ग्रामको हुन्छ । ब्रोन्ज मेडल झन्डै ४५० ग्रामको हुन्छ र यसलाई ९५ प्रतिशत तामा र ५ प्रतिशत जिंक धातुले निर्माण गरिएको हुन्छ ।

त्यसोत खेलाडीले जितेको गोल्ड मेडल आफैमा अमुल्य हुन्छ । मेडल सुनको सिक्का जस्तो बस्तु मात्र नभएर खेलाडीलाई दिएको उच्च सम्मान हो ।

मेडललाई कुनै भौतिक बस्तु ‘सुन’को मूल्यसँग मात्र जोडेर हेर्नु उचित हुदैन तथापी आजको मूल्यमा गोल्ड मेडलमा भएको सुनलाई पगाल्यो भने त्यसलाई करिब ८०० डलर अर्थात १ लाख नेपाली रुपैयाँ जति पर्ने अनुमान गरिएको छ ।

त्यस्तै, सिल्भर मेडल ४५० डलर र ब्रोन्ज ५ डलर बराबर रकमको हुने गर्दछ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here