‘जग्गा बाँडेर सुकुम्बासी समस्या अन्त्य हुँदैन्, उपयोगको नीति बनाएर अघि बढौँ’

काठमाडौं, २४ साउन । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वैज्ञानिक भूमि सुधार व्यवस्था लागू नभएसम्म सुकुम्बासीको समस्या अन्त्य नहुने बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुम्बासी रहरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताए।

वैज्ञानिक भूमि सुधार लागू नभएसम्म समस्या समाधान नहुने बताउँदै ‘सरकारलाई उपयोगको नीति बनाएर अघि बढ्न आग्रह गरे । । जमिन प्राप्त गर्नेले बिक्री गरेर अर्कै काम गर्छन् र फेरि सुकुम्बासी बन्छन् । जग्गा बाँड्ने कामले सुकुम्बासीहरूको समस्या समाधान हुँदैन,’ उनले भने ।

घरबारविहीन २० लाखलाई दिने जग्गा नभएको दाबी गरे। ‘हामीले जहिले जसरी पनि जमिन नै दिनुपर्छ भनेको छौँ‚’ उनले भने‚ ‘२० लाख घरबारविहीन भएकाहरुलाई जमिन दिने जग्गा छैन।’ जमिन बाँडेर सुकुमबासी र भूमिहीन समस्या समाधान नहुने उनको भनाइ छ। ।

उपाध्यक्ष गौतमले देशमा कृषि भूमि २६ लाख हेक्टर रहेको भन्दै कृषि भूमिको टुक्रा चार करोडमाथि भइसकेको बताए ।

‘जमिनलाई कहाँनेर कसरी उपयोग गर्ने भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं र हामीले भूमिहीन र सुकुम्बासी जन्माउने प्रक्रिया पनि बन्द गर्न सक्दैनौं,’ उनले भने, ‘संविधानले जग्गा दिन नसक्ने स्थितिमा रोजगारी दिन भनेको छ ।

अहिले भूमि आयोग विघठन भएको भन्दै आन्दोलन उठे पनि आयोगले केही नगर्ने गौतमले बताए। उनले भने‚ ‘२०५१ सालमा गठन गरेको आयोगले के कति काम गर्यो ?’ सुकुम्बासी बढेका बढ्यै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here