चन्द्रागिरी हिल्सको घाटा २५ करोड नाघ्यो, प्रतिसेयर नेटवर्थ ७४.३५ रुपैयाँ

काठमाडौं, २५ साउन । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ।

कम्पनीले सोमबार सार्वजनिक गरेको गत आव २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी र खुद नाफा दुबै घटेको छ।

कम्पनीले सो अवधिसम्ममा २५ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नोक्सानी १० करोड ६६ लाख रुपैयाँ थियो।

यो अघिल्लो आव २०७६/७७ को सोही अवधिको तुलनामा १३८ प्रतिशत धेरै हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको घाटा १० करोड ६६ लाख रुपैयाँ मात्र थियो।

कोरोनाका कारण सञ्चालन आम्दानीसँगै अन्य आम्दानीहरु घटेपछि कम्पनीको घाटा उल्लेख्य रुपमा बढेको हो । समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४१ करोड ३० लाख रुपैयाँबाट घटेर २२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ ।

यस्तै, अघिल्लो वर्ष अन्य स्रोतबाट २ करोड ९० लाख ३० हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको गत वर्ष घटेर ६७ लाख २ हजारमा सीमित भएको छ ।

हाल १ अर्ब ५३ करोड रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष ३९ करोड ३५ लाख ६० हजार रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १६.५५ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४.३५ रुपैयाँ रहेको छ।

यसले मुख्य आम्दानी गर्ने केबुलकार सञ्चालनबाट नै हो । कोरोना संक्रमण र लक डाउनका कारण सेवा सञ्चालन ठप्प जस्तै भयो । होटेल तथा रेष्टुराँबाट हुने आम्दानी पनि प्रभावित भयो । जसका कारण समग्र वित्तीय अवस्था प्रभावित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here