ङादी सबैभन्दा धेरै शेयर मूल्य हुने हाइड्रोपावर, कति पुग्यो भाउ ?

काठमाडौं, २६ साउन । ङादी पावर कम्पनी शेयर बजारमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा धेरै शेयर मूल्य हुने कम्पनी बनेको छ ।

हाल नेप्सेमा सूचीकृत ४१ वटा हाइड्रोपार कम्पनीमध्ये ङादी सबैभन्दा धेरै मूल्य हुने हाइड्रोपावर बनेको हो । यसअघि रुरु सबैभन्दा धेरै शेयर मूल्य हुने हाइड्रोपावर कम्पनी थियो ।

यसअघि सबैभन्दा धेरै शेयर मूल्य हुने कम्पनीको रुपमा रहेको रुरुको शेयर यो समाचार तयार पर्दा प्रतिकित्ता १११० रुपैयाँमा कारोबार भइरहेको छ ।ङादीमा पछिल्ला समय यस कम्पनीको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लाग्दै आएको छ ।

पछिल्ला समय निरन्तर शेयर मूल्य बढ्दै आएको ङादीको शेयर मूल्य मंगलबार पनि करिब १० प्रतिशतले बढेर प्रतिकित्ता १२८९ रुपैयाँ पुगेको छ । यो नै हाइड्रोपावरको सबैभन्दा धेरै महँगो शेयर हो ।

सूचीकृत हाइड्रोपावर कम्पनीहरु मध्ये तुलनात्मक रुपमा बलियो रहेको र वर्षेनी लाभांस समेत दिँदै आएकाले ङादीको शेयरमा लगानीकर्ता आकर्षित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here