काठमाडौं, २५ साउन । साताको तेस्रो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ अंकमा पुगेको यो अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।
मंगलबार राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । मंगलबार इन्डेक्स १२ अंकले बढेर ५८७.९५ अंकमा पुगेको छ ।
आज विकास बैंक र फाइनान्स समुहको सूचक सबैभन्दा देरै वृद्धि भयो । विकास बैंकको सूचक ८.०७ प्रतिशत र फाइनान्सको ६.७८ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.६६ प्रतिशत घट्यो ।
मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२५ कम्पनीको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोडको कारोबार भयो ।
आज ११ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढ्यो । शेयर मूल्य १० प्रतिशत बढ्ने कम्पनीमा बेस्ट फाइनान्स, जीवन विकास लघसवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, पोग्रेसिभ फाइनान्स, महालक्ष्मी विकास बैंक, कामना शेवा विकास बैंक, सिन्धु विकास बैंक र ज्योति विकास बैंक रहेका छन् । अन्य ८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा साञ्जेन जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयर मूल्य ५.१६ प्रतिशत घट्यो ।
मंगलबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशी हाइड्रोपावरले गर्यो । हाइड्रोपावरले ८९ करोड ५८ लाखको कारोबार गर्यो ।