संसदमा ओलीको सम्बोधनपछि बाबुरामको ट्वीट ‘जो चोर उसको ठूलो स्वर !’

काठमाडौं, २५ साउन । प्रधानमन्त्रीबाट हटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोले ।

प्रमुख प्रतिपक्षी एमालेका नेता ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि केन्द्रित रहेर अभिव्यक्ति दिएका दिए।

ओलीले प्रतिनिधि सभामा आफ्ना भनाइ सकेलगत्तै सत्तारूढ जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत ओलीका कुराप्रति कटाक्ष गरेका छन् ।

‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको,’ भट्टराईले ट्वीटमा लेखेका छन्, ‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’