केपी ओली ट्रस्टको नाममा रहेको ६९ रोपनी १० आना जग्गा जफत

काठमाडौं, २६ साउन । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नाममा खोलिएको ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा जफत गरेको छ ।

सरकारले तेह्रथुममा मुख्य कार्यालय रहेको केपी शर्मा ओली ट्रस्टको नाममा हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको पाइएकोले हदबन्दीभन्दा बढी देखिएको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको छ ।

ट्रस्टकी अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य छन् । भूमि व्यवस्था मन्त्रालयको निर्देशन अनुसार मालपोत कार्यालय तेहथुमले हदबन्दीभन्दा बढी रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको हो ।

सरकारले ०७८ असार २१ को निर्णयबाट ६९ आना १० रोपनी १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याउने निर्णय गरेको निर्णय गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । पद्मा अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री हुँदा उक्त निर्णय गरिएको थियो ।

नेपालको कानुन अनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा खरिद गर्न पाइन्न । तर उद्योग तथा प्रतिष्ठानहरूले मन्त्रिपरिषद्बाट निर्णय गराएर हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउँछन् ।

ओली सरकारले मन्त्रिपरिषद्बाट निर्णय नगराई केपी शर्मा ओली ट्रस्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको थियो ।

उक्त ट्रस्टले १ सय ४३ रोपनी १४ आना १ पैसा जग्गा आफ्नो नाममा खरिद गरेको थियो । सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गरेपछि ओली ट्रस्टको नाममा अब करिब ७४ रोपनी जग्गा बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here