दिनभर भिडभाड हुने शहरमा राति सुनसानको सवारी निषेधाज्ञाले कोरोना संक्रमण रोक्ने हो ?

काठमाडौं, २६ साउन । पछिल्लो समय काठमाडौं उपत्यका भित्र कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेको छ। मंगलवार काठमाडौं १ हजार १ सय ८६ जना थपिएका छन्। सक्रिय संक्रमितको संख्या पनि १० हजार नाघेको छ।

देशभर ४९०४ जनामा कोरोना पुष्टी भएको छ । संक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ रहेको छ । कोरोना बढेसगै काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ ।

बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेपछि अत्यावश्यक सेवाका सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको थियो ।

निर्णयसँगै यतिखेर सामाजिक संजाल तातेको छ। दिनभर भिडभाड हुने शहरमा ८ बजेपछि कोरोना फैलिने हो ? भन्दै प्रश्न गर्नेहरुको जमात देखिएको छ। मानिसको भिडभाड दिउँसो बढी हुन्छ। सडकमा व्यापार गर्नेदेखि गाडी चढ्नेको भिड उस्तै हुन्छ ।

जिल्ला अधिकारीहरूको बैठकले राति ८ बजेको निषेधाज्ञा होटेल, रेष्टुरेष्ट लगायत क्षेत्रमा भेला भएर बस्नेहरूको भिड बढेकाले त्यहाँबाट पनि संक्रमण फैलिने भएपछि सवारीमा निषेध गरेको जनाएको छ । काम सकेपछि गाडी लिएर होटेल रेष्टुराँ लगायतका क्षेत्रमा गएर भिडभाड गर्ने गरेको पाइएपछि कडा गरेको हो ।

विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रममा रोक नै लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here