सुध्रिएनन् सवारी चालक, उपत्यकामा दैनिक १ हजार ९ सय चालक कारवाहीमा

सांकेतिक तस्वीर

काठमाडौं, ५ असार । ट्राफिक महाशाखाको तथ्यांक अनुसार दैनिक १ हजार ९ सय ३० जना सवारी चालकहरु सवारी कारवाहीमा पर्ने गरेका छन् ।

चालकहरु मादक पदार्थ सेवन, लेन अनुशासन, भाडा कार, जेब्रा क्रसीङ माथी सवारी रोक्ने, सिसिटीभी मार्फत कारवाही, फुटपाथ पार्किङ्ग, ब्हील लक जस्ता कारवाहीमा पर्ने तथ्यांकले देखाएकाे छ ।

महानगरीय प्रहरी महाशाखाले नियम उल्लङ्घन गर्ने चालकहरुलाई विभिन्न प्रकारका कारवाही गर्दैै आएको छ ।

चिट काट्ने देखि लिएर लाईसेन्समा प्वाल पार्ने कारवाही ट्राफिक प्रहरीले गर्ने गरेको छ ।

तर, जस्तोसुकै कारवाही भए पनि सवारी चलाकहरुको व्यवहारमा कुनै प्रकारको परिवर्तन नआएको ट्राफिक प्रहरी माहशाखाको तथ्यांकले बताएको छ ।
तथ्यांक अनुसार माद्यक पदार्थ सेवन गरेर सवारी साधन चलाउने चालकको संख्या धेरैे छ ।

उपत्यकामा दैनीक ७३ भन्दा धेरै सवारी चालकहरु मा.प.से कारवाहीमा पर्ने गरेका छन् ।

विभिन्न समयमा सचेतना मुलक कार्यक्रमहरुको आयोजना गरेतापनि त्यसबाट कुनै प्रकारको उपलब्धी हासील हुन नसकेको देखिन्छ ।

फुटपाथदेखी जेब्रा क्रसिङममा पनि चालकहरुले सावारी पार्किङ गर्ने गरेका छन् ।

साथै, हर्न निषेधीत क्षेत्रहरुमा हर्न बजाउने सवारी चालकहरु पनि धेरै संख्यामा सवारी कारवाहीमा पर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here