हाइड्रो चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ९ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २७ साउन । साताको चौंथो कारोबार दिन आज शेयर बजार सामान्य अंकले बढेपनि नयाँ रेकर्ड कायम भएको छ । बुधबार नेप्से परिसूचक ०.७६ अंकले बढेर ३१६२.४० अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो ।

राम्रा र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । बुधबार इन्डेक्स २.४७ अंकले घटेर ५८५.६२ अंकमा पुगेको छ ।

बुधबार हाइड्रो, होटल तथा टुरिजम, निर्जीवन बीमा, लघुवित्त र जीवन बीमा बाहेक अन्य सबै समुह घट्यो । सबैभन्दा धेरै हाइड्रो समुहको सूचक बढ्यो । हाइड्रोको ३.९२ प्रतिशत बढ्यो । त्यस्तै होटल तथा टुरिजमको २.७८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक १.२५ प्रतिशत घट्यो ।
मंगलबारको तुलनामा आज कारोबार रकममा पनि कमी आएको छ । बुधबार २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ४५ करोडको कारोबार भयो ।

आज ९ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा जीवन विकास लघुवित्त, यूनियन लाइफ, आइसीएफसी फाइनान्स, रुरु जलविद्युत र रिडी जलविद्युतको शेयर मूल्य १० प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्सका शेयर धनी छन् । फाइनान्सको शेयर मूल्य ४.१७ प्रतिशत घट्यो ।

बुधबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशी हाइड्रोपावरले गर्यो । अपर तामाकोशीले ६८ करोड २१ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here