पछिल्लो २४ घण्टामा ३४८१ जनामा कोरोना पुष्टी, ३० जना संक्रमितको निधन

काठमाडौं, २७ साउन । पछिल्लो २४ घण्टामा देशभर ३४८१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १० हजार ९०७ पीसीआर परीक्षणका क्रममा २६१६ र ५७४९ एन्टीजेन परीक्षणका क्रममा ८६५ जना गरी ३४८१ जनामा कोरोना पुष्टी भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख २३ हजार २९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८८५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ जना पुगेको छ । संक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here