मनसुनी वायु सक्रिय: देशका अधिकांश स्थानमा ‘भारी वर्षा’ को सम्भावना

काठमाडौं, २८ साउन । मनसुनी वायु फेरि सक्रिय भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षासँगै पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले आज मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको बताएको छ । यसैगरी, बिहीबार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन २८ गते बिहीबार

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साउन २९ गते शुक्रबार

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ३० गते शनिबार

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश , गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भने मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here