काठमाडौं,२८ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञामा आजदेखि थप कडाइ गरिएको छ ।
भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको हो ।
बिहीबारदेखि लागू हुने गरी उपत्यकामा बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।