गुलियोमा भुल्दै नेपाली, दिनमै खान्छन् साढे ५२ लाखको विदेशी चकलेट

काठमाडौं, २८ साउन । चकलेट हामीमध्ये धेरैलाई मन पर्छ । बच्चाहरु त झन चकलेट भनेपछि हुरुक्कै हुन्छन् ।

चकलेटको गुलियो स्वादमा नेपालीहरु यसरी रमाउँदैछन् कि साढे ५२ लाखको विदेशी चकलेट एक दिनमै खपत गर्छन् । अर्थात बर्षको झण्डै २ अर्बको विदेशी चकलेट नेपाली बजारमा बिक्रि हुने गरेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा १ अर्ब ९२ करोड रुपैयाँ बराबरको चकलेट आयात भएको थियो ।

गत आर्थिक वर्षमा भारत लगाएत अन्य ३० देशबाट नेपालमा चकलेट आयात भएको केन्द्रको तथ्यांकले देखाउछ । जसमा भारतबाट मात्रै ९७ करोड रुपैयाँ बराबरको चकलेट आयात भएको छ ।

भारत लगाएत अन्य देशहरु बंगलादेश, चीन, साउदी अरब, मलेसिया, अमेरिका जस्ता देशबाट वार्षिक करोडौं रकम बराबरको चकलेट आयात हुने गरेको छ ।

विदेशबाट विशेषगरी डेरीमिल्क,किटक्याट मार्स, ग्यालेक्सी, स्न्याकर्स जस्ता चकलेटहरु आयात हुने गरेका छन् ।

नेपालमा पनि चकलेट उत्पादन हुँदै आएको पाईन्छ । नेपालमा झण्डै दुई दर्जन चकलेट उद्योगहरु सञ्चालनमा रहेका छन् । भगवती, काब्रा, सुजल, क्वालिटी लगायताका दर्जनौं चकलेट तथा चुइगम उद्योग छन् ।

चकलेटका लागि आवश्यक आवश्यक कच्चा पदार्थ उद्योगहरुले चीन, भारत, मलेसिया, साउथ एसिया तथा युरोपेली मुलुकबाट आयात हुँदै आएको छ ।

चकलेटका लागि कोका, फ्लेवर, रङ, गम, घ्युलगायत कच्चा पदार्थ आवश्यक पर्छ । यस्ता सामग्रीहरु स्वदेशमा नबन्ने भएकोले पनि आयातमा भर पर्नुपरेको सम्वन्धित व्यवसायीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here