विकास बैंक चम्किँदा शेयर बजारमा नयाँ रेकर्ड, ७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, २८ साउन । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार नेप्से परिसूचक १६.४१ अंकले बढेर ३१७९ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च अंक हो ।

बिहीबार राम्रा र बलिया कम्पनीहरुको सूचकपनि बढ्यो । आज सूचक ५.४६ अंकले बढेर ५९१.१६ अंकमा पुगेको छ ।

आज सबैभन्दा धेरै विकास बैंकको सूचक बढ्यो । बैंकको सूचक ६.३७ प्रतिशत बढ्यो । त्यस्तै, इन्भेष्टमेन्टको १.४७ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.४८ प्रतिशत, फाइनान्सको २१.०७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । समुहको सूचक १.५१ प्रतिशत घट्यो । त्यस्तै, होटल तथा टुरिजमको १ प्रतिशत घट्यो ।

बिहीबार कारोबार रकममा पनि वृद्धि भएको छ । आज २२५ कम्पनीको ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ५१ करोडको कारोबार भयो ।

आज ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा महालक्ष्मी विकास बैंक, कामना विकास बैंक साईन विकास बैंक, माउन्टेन इनर्जी, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, यूनाइटेड लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा पाँचथर पावर कम्पेन्टका शेयर धनी छन् । कम्पनीको शेयर मूल्य ३.९९ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार अपर तामाकोशीले गर्यो । कम्पनीले ६७ करोड ७९ लाखको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here