पाँच महिनामा एक लाख ९३ हजार नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण

काठमाडौं, २८ साउन । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पाँच महिनामा करिब २ लाख जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्त्वको विषयमा बोल्दै राज्यमन्त्री श्रेष्ठले तीमध्ये करिब ३८ हजारलाई अस्पतालमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्ने आकलन रहेको बताए ।

तीमध्ये ९ हजार ६ सय ९३ जनालाई आईसीयू आवश्यक पर्ने प्रक्षेपणका आधारमा कार्ययोजना तयार गरिएको श्रेष्ठले जानकारी दिए । हाल पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाको संख्या १९ पुगेको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here