हेभी मोटरसाइकल किन्न चाहनुहुन्छ ? यी ५ मोटरसाइकल तपाईंको रोजाईमा पर्न सक्छन्

काठमाडौं । यदि तपाइँ ३०० सीसी सेगमेन्टमा नयाँ बाइक किन्न चाहानुहुन्छ भने यो समाचार तपाईंको लागि उपयुक्त हुनसक्छ । यी पाँचवटै मोटसाइकल भर्खरै सार्वजनिक भएका हुन् ।

यसमा होन्डा सीबी ३५० आरएस, जावा फोर्टीटु २०२१, रोयल इन्फील्ड मेटोर ३५०, होन्डा एचनेस् सीबी ३५० र बेन्नेली इम्पेरियल ४०० रहेका छन् ।

होन्डा सीबी ३५० आरएस

– होन्डा सीबी ३५० आरएस मा ३४८.३६ सीसी रहेको छ, ४ स्ट्रोक, एसआई, बीएस सिक्स इन्जिन रहेको छ ।

– होन्डा सीबी ३५० को नेपाली बजारमा मूल्य ७ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

रोयल इन्फील्ड मेटोर ३५०

– रोयल एनफील्ड मेटोर ३५०, ३४९ सीसी, ४ स्ट्रोक, एयर वेल कूल्ड इन्जिनद्वारा संचालित छ ।

– रोयल एनफील्ड मेटोर ३५० को नेपाली बजारमूल्य ६ लाखदेखि ६ लाख ५० हजारसम्म रहेको छ ।

जावा फोरटीटु २०२१

– जावा फोरटीवानमा २९३ सीसी, सिंगल सिलिन्डर, लिक्वड कुल्ड, इन्धन इन्जेक्टेड इन्जिन रहेको छ ।

जावा फोरटीटु २०२१ को मूल्य नेपाली बजारमा ६ लाख २० हजार देखि ६ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

होन्डा एचनेस् सीबी ३५०

– होन्डा एचनेस् सीबी ३५० मा ३४० सीसी, सिंगल सिलिण्डर, एयर कुल, फोर स्ट्रोक, वएचसी इन्जीन रहेको छ ।

– होन्डा एचनेस् सीबी ३५० को नेपाली बजारमा मुल्य ६ लाख ९९ हजार रहेको छ ।

बेनेल्ली इम्पेरियल ४००

– बेनेल्ली इम्पेरियल ४०० मा ३७४ सीसी, सिंगल सिलिण्डर, इयर कुल्ड इन्जीन रहेको छ ।

– बेनेल्ली इम्पेरियल ४०० नेपाली बजारमूल्य ५ लाखदेखि ८ लाखसम्म रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here