महालक्ष्मी लाईफ इन्स्योरेन्सको ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक

काठमाडौं, २८ साउन । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका बिच बाल बचत बीमा योजना सार्वजनिक गरिएको हो ।

बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना विक्रि वितरणको सुभारम्भ गरेका थिए ।

यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिने कम्पनीले बताएको छ ।

साथै, बच्चा बालिग भएपछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here