नेपाल बङ्गलादेश बैंकको १०० औं शाखा कञ्चनपुर जिल्लाको कलकत्तामा

काठमाडौं, २९ साउन । नेपाल बङ्गलादेश बैंकले शाखा विस्तारको क्रममा कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–८ मा आफ्नो १०० औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा बेलौरी नगरपालिका प्रमुख पोतीलाल चौधरीको समुस्थितिमा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जानकारी गराएको छ ।

बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो ।

साथै उक्त शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पूर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।

कलकत्ता शाखासहित बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here