मनसुन फेरि सक्रिय, यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं, ३१ साउन । मनसुनी वायु फेरि संक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकाका अनुसार बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको विभागले जनाएको छ ।

तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ ।

महाशाखाका अनुसार मुख्य गरी प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था छ ।

आइतबार, सोमबार र मङ्गलबारसम्म नै धेरै स्थानमा हल्का, मध्यम र भारी वर्षाको सम्भावना छ । निरन्तरको वर्षाले देशका मुख्य नदीहरू कोसी, कर्णाली र तिनका सहायक नदीहरूको बहाव बढ्नुका साथै खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना औँल्याइएको छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

साउन ३१ गते आईतबार

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

साउन ३२ गते सोमबार

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भाद्र ०१ गते मंगलबार

दिउँसो: देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here