अमेरिकी सेनाको अफगान बसाइ: २५ सय सेना र १४० विलियन डलरको क्षति, उपलब्धी शून्य

काठमाडौं ३२ साउन । अफगानिस्तानमा तालिबान समूहलाई हराउन भित्रिएको अमेरिकी सेना स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने घोषण गर्दै बाहिरिएको छ ।

अमेरिकामा १ सेप्टेम्बर २००१ मा ट्वीन टावरमा भएको आतंकवादी हमलापछि ओसामा बिन लादेनको खोजी गर्दै अफगानिस्तान छिरेको अमेरिका लादेन मारिएको १० वर्षपछि अचानक अफगानिस्तानबाट बाहिरिएको हो ।

सन् २०११ मा पाकिस्तानमा लुकेर बसेका लादेनको हत्या गरेपछि पनि १० वर्ष अमेरिकी सेना अफनिस्तानमा बसिरहे र युद्ध गरिरहे । यसरी बिसौं वर्ष अफगानिस्तानमा बसेर युद्ध गरेको अमेरिकाको उपलब्धी भने शून्य देखिएको छ ।

अमेरिकी सेना फिर्ता भएसंगै तालिवानले अफगानिस्तानको लगभग सम्पूर्ण स्थान कब्जा गरिसकेका छन् । त्यसकारण यो २० वर्षमा भएको जनधनको क्षतिलाई उपलब्धी शुन्य भनिएको छ ।

२५ सय सेना र १ सय ४० विलियन डलरको क्षति

ब्राउन युनिभर्सिटीअन्तर्गतको वाट्सन इन्स्टिच्युटले निकालेको ‘कस्ट अफ वार प्रोजेक्ट’ को तथ्यांकअनुसार अमेरिकाले २० वर्षअघि सुरू गरेको युद्धमा २ हजार ४ सय ४२ जना अमेरिकी सेनाको मृत्यु भएको छ ।

त्यस्तै, ७८ हजार ३ सय १४ अफगान सैनिक, ८४ हजार १ सय ९१ तालिवान लडाकु, ७१ हजार ३ सय ४४ सर्वसाधारण गरी २ लाख ४१ हजारले जीवन गुमाएको तथ्यांकले देखाएको छ ।

रिपोर्टकाअनुसार अमेरिका र नाटोले २.२६ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेका छन् । जसमा अमेरिका एक्लैको खर्च मात्रै १ सय ४० बिलियन अमेरिकी डलर रहेको छ । सन् २०२० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदासँगको सम्बन्ध तोडेमा अफगानिस्तानबाट अमेरिकी सैनिक फर्काउने वाचासहितको एउटा सम्झौता तालिबानसँग गरे ।

यतिखेरसम्म अमेरिकाले अफगानिस्तानमा आफ्ना सैनिकमाथि कम्तीमा २ ट्रिलियन अमेरिकी डलर खर्चिसकेको थियो । पूर्ववर्ती राष्ट्रपतिले गरेको सम्झौता कार्यान्वयन गर्दै अमेरिकी राष्ट्रपति जो वाइडेनले आफ्ना सैनिक अमेरिकाबाट फिर्ता लगे ।

त्यससँगै ८५ हजार सैनिक रहेको तालिबानले अफगानिस्तानमा फेरि कब्जा जमाउन थाल्यो र अन्ततः सत्ता पल्टाउने हैसियत बनाएर काबुल पस्यो ।

तालिबानले अफगानिस्तानमा युद्ध अन्त्य भएको घोषणा गरेको छ । आइतबार राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिबानले अफगानिस्तानमा युद्ध अन्तय भएको घोषणा गरेको हो ।

तालिबानी लडाकुहरुले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति अशरफ घानी देश छाडेर भागेका थिए

सोमबार काबुलका सडकहरु शान्त देखिएका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अराजकता र आतंकका दृश्यहरु देखिएका छन् । किनकि सयौं अफगानहरुले देश छोड्ने क्रम चलिरहेको छ । अमेरिका र अन्य पश्चिमी राष्ट्रहरुले पनि आफ्ना कूटनीतिज्ञ र नागरिकहरुको उद्धार गरिरहेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here