काठमाडौं उपत्यकामा साढे ११ हजार सक्रिय संक्रमित

काठमाडौं, ३२ साउन । काठमाडौं उपत्यकामा थप ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ६७७, भक्तपुरमा ११७ र ललितपुरमा १६७ संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा ११ हजार ५४५ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा मात्रै ८ हजार १२३ जना, ललितपुरमा २ हजार १७ र भक्तपुरमा १ हजार ४०५ जना सक्रिय संक्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here