सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ भदौ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here