माधव पक्षलाई २० प्रतिशत हुनबाट रोक्ने ओलीको रणनीति

काठमाडौं, १ भदौं । एमालेले आयोगलाई केन्द्रीय सदस्यहरुको सूची विवरण अध्यावधिक गर्न पठाएको छ। राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार एमालेले २६० जना केन्द्रीय सदस्यहरुको विवरणसहित आयोगमा पठाएको हो ।

नेकपा एमालेमा यसअघि २६४ केन्द्रीय सदस्य थिए । उनीहरुमध्ये केहीको मृत्यु भएको र केही राजनीतिक नियुक्तिमा गएकाले अध्यावधिक गर्न पठाइएको हो ।

हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ । मंगलबार दिउँसो बसेको स्थायी समिति बैठकले नयाँ सूची पठाउने निर्णय गरेको थियो ।

सरकारले २० प्रतिशतले पार्टी विभाजन गर्न सक्ने अध्यादेश जारी गरेपछि नेता माधवकुमार नेपाल समूहले पार्टी विभाजन गर्नबाट रोक्न ओलीले आयोगमा केन्द्रीय सदस्यहरुको विवरण अध्यावधिक गराएका हुन्।

एमालेले पठाएको विवरणमा नेकपाको एकता भंग भएपनि माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेको नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरुको नाम समावेश गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here