अफगानिस्तानबाट थप ८७ नेपाली काठमाडौं आइपुगे

काठमाडौं, २ भदौं । अफगानिस्तानबाट नेपाल आइपुग्नेको संख्या २०५ पुगेको छ । उद्धार गरी कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

गए राति ११ बजे जजिरा एयरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाडौं आइपुगेका हुन्। हिजो बिहान जजिरा एयरमार्फत नै ११८ जना नेपाली काठमाडौं अवतरण गरेका थिए ।

स्वदेश आइपुगेकाहरूलाई पिसिआर परीक्षण गरी घर पठाउने बताइएको छ । हालसम्म २०५ नेपाली स्वदेश फर्किएका छन् । अन्य नेपालीलाई पनि ल्याउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here