काठमाडौं, ३ भदौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बिहीबार लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसंगै लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ३५५.१० रुपैयाँले बढेर ३९०६.१० रुपेयाँमा पुगेको छ ।
लघुवित्तले पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा सूरु गरेको थियो ।