अफगान महिलाले विमानमै जन्माइन बच्चा

काठमाडौं । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माएकी छिन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको जानकारी दिइएको छ ।

जब विमान अवतरण भयो तब अमेरिकी सैन्य डाक्टर त्यसमा सवार भए र बच्चा जन्माउन मद्दत गरे । आमा र बच्चा दुबै खतराभन्दा बाहिर छन् र उनलाई नजिकैको अस्पतालमा लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here