सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ७ भदौ । सोमबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो ।

आइतबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला ११९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here