काठमाडौं, ८ भदौ । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
सोमबार प्रतितोला ९१ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
मंगलबार चाँदीको मूल्य पनि बढ्यो । आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला १२०० रुपैयाँ कायम भएको छ ।