साओमीको स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ ? यी हुन् २० देखि ३० हजारसम्मका फोन

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी स्मार्टफोन ब्राण्डहरुको बीचमा एउटा छुट्टै पहिचान बनाईसकेको छ । सन् २०२१ को जुन महिनामा सबैभन्दा बढी स्मार्टफोन बिक्री गरेको साओमीले पहिलोपटक सामसङ र एप्पल पछि पार्यो ।

यसका साथै कम समयमै १० करोड यूनिटभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनी समेत बन्यो साओमी ।

कम मूल्यमा राम्रो सुविधा भएको कारण नेपाली बजारमा पनि साओमीका स्मार्टफोनको माग बढ्दो क्रममा छ । तपाईं पनि ३० हजारसम्मको स्मार्टफोन किन्ने सोँचमा हुनुहुन्छ भने साओमीका यी स्मार्टफोन तपाईंको रोजाईमा पर्न सक्छ ।

रेड्मी ९ पावर

रेड्मी ९ पावरमा ४ जीबी र्याम र १२८ जीबी स्पेस रहेको छ । नेपाली बजारमा रेड्मी ९ पावरको मूल्य २०,९९९ रुपैयाँ रहेको छ । यसको साथै ६ जीबी र्याम र १२८ जीबी स्पेस भएको रेड्मी ९ पावरको मूल्य २१,९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट १०

४ जीबी र्याम र ६४ जीबी स्पेस रहेको रेड्मी नोट १० को नेपाली बजारको मूल्य २१,९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जीबी र्याम र ६४ जीबी स्पेस रहेको रेड्मी नोट १० को मूल्य २२,९९९ रुपैयाँ रहेको छ । साथै, ६ जीबी र्याम र १२८ जीबी स्पेस रहेको रेड्मी नोट १० को मूल्य २४,९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट ९

रेड्मी नोट ९ मा ४ जीबी र्याम र १२८ जीबी स्पेस रहेको छ । रेड्मी नोट ९ को नेपाली बजारमा मूल्य २२,९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट १० एस

६ जीबी र्याम र ६४ जीबी स्पेस रहेको रेड्मी नोट १० एसको मूल्य नेपाली बजारमा २५,९९९ रुपैयाँ रहेको छ । त्यस्तै, ६ जीबी र्याम र १२८ जीबी स्पेस भएको रेड्मी नोट १० एसको मुल्य २७,९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट ९ प्रो

साओमीको रेड्मी नोट ९ प्रो स्मार्टफोनमा ४ जीबी र्याम र १२८ जीबी स्पेस रहेको छ । रेड्मी नोट ९ प्रोको मूल्य नेपाली बजारमा २६,९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट १० प्रो

रेड्मी नोट १० प्रो मा ६ जीबी र्याम र ६४ जीबी स्पेस रहेको छ । नेपाली बजारमा रेड्मी नोट १० प्रो को मूल्य २९,९९९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here