३०० फिट उचाईको ओछ्यानमा सुतेका मानिसहरु !

काठमाडौं । अक्सर मानिसहरुलाई उचाईबाट तल हेर्दा चक्कर लाग्छ । अंग्रेजीमा यसलाई ‘हाइट फोबिया’ भनिन्छ, जसमा व्यक्ति उचाई बाट तल हेर्दा डराउँछन् ।

तर, के तपाइँलाई थाहा छ संसारमा यस्तो ठाउँ छ जहाँ मानिसहरु जमीनबाट लगभग ३०० फिटको उचाईमा ओछ्यानमा सुतेका छन् ।

सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भैरहेको छ, जसमा दुई युवतीहरु जमीन र आकाशको बिचमा रहेको ओछ्यानमा आराम गरी रहेको देखीन्छ । यो ओछ्यान जमीनबाट लगभग ३०० फिट को उचाईमा बनाइएको छ । 

वास्तवमा यो दृश्य चीनको ‘वान्सेक ओर्डोविसियन थीम पार्क’ को हो जसले अहिले दुनिया भरका मानिसहरुको ध्यान आकर्षित गरिरहेको छ । ओछ्यान जमीन बाट करीव ३०० ​​फिटको उचाईमा बाक्लो तारबाट बाँधिएको छ, ताकि यसमा सुत्नेहरुको जीवनलाई कुनै खतरा नहोस् ।

थीम पार्कमा वर्षभर पर्यटकहरुबाट भरिने गरेको छ । जसमा मानिसहरु साथीभाई र परिवारसंग यो साहसिक ठाउँको मजा लिन आउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here