सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १० भदौ । बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको हो ।

बुधबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँ घटेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२१० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here