रेशम चौधरीलाई नेल लगाउनेलाई कारवाही गर्न प्रम ओलीको निर्देशन

डा. बाबुराम भट्टराइको ट्वीटरबाट ।

काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ‘प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ’, उनले भने ।

उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here