काठमाडौं, ११ भदौ । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो ।
बिहीबार प्रतितोला ९१ हजार १०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
बुक्रबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर कारोबार मूल्य १२०० रुपैयाँ कायम भएको छ ।