५ सयको नयाँ नोट बजारमा, यसरी चिन्नुहोस सक्कली

    फाइल तस्विर

    क्लाउडपत्रिका

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ डिजाइनसहितको ५०० रुपैयाँको नोट प्रचलनमा ल्याएको छ । बैंकले पुरानोभन्दा केही विशेष परिवर्तन गरि नयाँ नोट ल्याएको हो ।

    यसअघि चल्तीमा रहेको नोटमा २ वटा बाघ भएकोमा एउटा मात्रै राखिएको छ ।

    नोटको अगाडि बायाँतर्फ सगरमाथा हिमालर दायाँतर्फ दायाँतर्फ लालीगुराँसको पानी छाप अंकित छ ।

    त्यस्तै नोटमा गभर्नर डा। चिरञ्जीवी नेपालको दस्तखत राखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर नेपालीमा बिक्रम सम्बत २०७३ लेखिएको छ ।

    यस्तै सगरमाथा हिमालको दायाँतर्फको तल्लो मागमा रहेको अण्डाकार भित्र रङ परिवर्तन हुने ९नोटलाई सिधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने० कुबेरको चित्र छ । साथै लालीगुराँसको पानी छापको बायाँतर्फ दृष्टिविहीनले छापेर नोट पहिचान गर्न सक्ने गरी दुई वटा कालो थोप्ला पनि छन् ।

    नोटको पछाडितर्फको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०१६ एडी लेखिएको राष्ट्रबैंकले जानकारी दिएको छ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here