पोको एफसिरिजको नयाँ फोन ‘एफ ३ जीटी’ सार्वजनिक हुँदै, मूल्य कति ?

काठमाडौं । इन्डस्ट्रि रिडिफाइनिंगस्मार्टफोन ब्राण्ड पोकोले आज नयाँ स्मार्टफोन पोको एफ जीटी लन्च गर्ने घोषणा गरेको छ ।

फ्यागसिप मिडिया टेकचिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेश रेट र ४८०हट्र्जकोटच स्याम्प्लिंंगरेटसंग संग इन्टिग्रेटेड रहेको पोको एफ ३ जीटीले प्रीमियम अनुभवको प्रदान गर्ने कम्पनीको दाबी छ ।

क्यामेरा

पोको एफ ३ जीटीमा ट्रिपल क्यामेरा सेटअप प्रदान गर्दछ जसमा ६४ मेगा पिक्सेलको प्राइमरी क्यामेरा एफ/१.६५ एपर्चर रहेको छ । यसको साथै८ मेगापिक्सेलको अल्ट्रा वाइड–एंगलक्यामेरा ११९ डिग्रीको एफओभी,२ मेगापिक्सेलको क्यामेरा र १६ मेगापिक्सेलको सेल्फीक्यामेरा रहेको छ ।

उपलब्धता

पोको एफ ३ जीटी दुईवटा रंगको भेरियन्टमा उपलब्ध हुने कम्पनीले बताएको छ । गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक । यो अगष्ट ३१, २०२१ बाट अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुने बताईएको छ ।

मुल्य

कम्पनीका अनुसार ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५६ हजार ९९९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here