सुनको मूल्य बढ्यो

काठमाडौं, १८ भदौ । शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेको हो ।

बिहीबार प्रतितोला ९० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ बढेर प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य भने घट्यो । आज चाँदीको मूल्य १० रुपैयाँ घटेर प्रतितोला ११९५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here