बा जन्मकै आधारमा महान कि ! कर्मका आधारमा ?

बा ! संसारको सबै भन्दा महान शब्द ,बा सङ्गको नाता संसारको सबै भन्दा ठूलो नाता भने सुन्दै बुझ्दै आएको हामिले धेरै भैसक्यो सायद ! हाम्रो समाजले बा लाई जन्मकै आधारमा महान बनाएको छ कि कर्म को आधारमा महान बनाएको छ भनेर बुझ्ने चेस्टा भने एकदम कम नै गरेको पाइन्छ ।

हजुरहरुलाई सुन्दा र मैले भन्दा अल्लि अपाच्य लाग्न सक्छ तर यो यथार्थ हो सन्सारका सम्पुर्ण बा हरु जति भनिएको छ त्यती महान पनि नहुन सक्छन र सोछे भन्दा बढी महान पनि हुन सक्छन ।

हाम्रो समाजले बा लाई कसरी दर्साउछ त ? बा घरको धुरी खाबो हो । बा आकास हो , अझ भनौ भने बा समस्या को समाधान हुन । बा लाई यसरी चिनारी दिएर जबर्जस्ति जिम्मेवारी थोपर्ने काम पनि गरिरहेको पाइन्छ ।

आखिर बालाई कसरी महान भन्ने त ? बा ले जन्मदिएकै आधारमा महान भन्ने कि ! बा ले आधारभुत आवस्यकता पूरा गरिदिएको आधारमा महान भन्ने ?? हामी बा लाई महान पदको उपाधी दिन तछाड मछाड हरेक पटक गरिरहन्छौ तर के का लागि महान किन कसरी भन्ने तर्फ भने कहिल्यै बिचार गर्दैनौ ।

मानौ , बा ले सकेजत्तिको सम्पुर्ण कुरा परिपुर्ति गरिदिएको आधारमा महान भन्नुभएको हो भने समाजमा आफ्नो जाएज्यथा ले भ्याउदा-भ्याउदै पनि आफ्ना सन्तानलाई त्यि आधारभुत आवश्यकता बाट बन्चित गरिरहेका बा हरु मैले कैयौ देखेको छु । आखिर त्यि बा हरुलाई कसरी सम्बोधन गर्ने ?

” बा लाई जन्म दिएकै आधारमा हैन उनले दिएका कर्म अनि निभाएका हरेक साथ र जिम्मेवारी का आधारमा महान भनौ ”

“बा तिमिले पनि पल्ला घरे साइला काका ले जस्तै मोटरसाइकिल कुदाएर हिडेको हेर्ने सपना का नभएको होर, के गर्ने परिस्थितिले ठेला गुडाउनु भन्दा बिकल्प राखिदिएन । बा को मुख हेर्ने औसि को सबै बा हरुलाइ मॉया 🥰 बा हरुले सन्तानको लागि गरेको दुख त्याग सबै सन्तानले बुझुन कुनै बाहरु आस्रम मा नपुगुन ” ।

हरेक साल आउने कुसे औसि अर्थात बुवाको मुख हेर्ने दिनको शुभकामना दिदै गर्दा हरेक सन्तानको हात बाट हरेक बुवाको लागि यी माथिका जस्ता शुभकामनारुपि शब्द कहाँ कोरिन सक्छन र ?
हरेक सन्तानका लागि जन्मदिदैमा बुबाहरु कहाँ महान हुन सक्छन र ! हरेक बुवा हरु सन्तानका हरेक सफलता , असफलता ,सुख दुखमा हात मा हात मिलाएर आफ्ना सन्तान को भरोसा जित्न सक्यो भने चाहिँ हरेक बुवा हरु महान पक्कै बन्न सक्लान ।

हाम्रो समाजले भन्छ ” बा-आमा कहिल्यै गलत हुन सक्दैनन ,सम्पुर्ण दोस छोराछोरी कै हुन्छ “। अझ समाजमा उखानै छ “सन्तान राम्रा जन्माएको भए कहाँ बृदाआश्रम बा-आमा ले भरिने थियो र ” तर म भन्छु हरेक बा-आमाले छोरा छोरिलाई राम्रो सस्कार दिन सके , जिम्मेवारी पूरा गर्न सके न त बा आमा बृदा आश्रम नै भरिन्थ्यो न त सडकका पेटि भरी बाल बच्चा भरिन्थे ।

अन्त :
समाजमा दोस लिने भन्दा दिने प्रक्रिया बढि चलिरहन्छ ,कसैले पनि आफ्नो गल्ती महसुस गरेर सुधार्न चाहादैन । सकेसम्म हामी सबैलाई कर्मका आधारमा महान बनाउ न कि जन्म का आधारमा । जन्मकै आधारमा महान बनाउनु भनेको जन्मिदै लिएर आएको जातमा टेकेर आफू माथी गर्व गर्नु जस्तै मुर्खता हो कि ??

उत्सव ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here