महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा

काठमाडौं, २४ भदौ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विहिबार बीपी स्मृति दिवसको अवसरमा सुन्दरीजल पुगेर शर्माले संस्थापक बीपी कोइरालालाई सम्झँदै पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघि गगन थापाले पनि महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here