एमाले सांसदको नाराबाजीकाबीच आर्थिक अध्यादेश स्वीकृत

काठमाडौं, २५ भदौ । नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी जारी राखे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन् ।

उनले सांसद प्रेस सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्न समय दिएका हुन् ।

उनले भने प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए । लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिए । अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे।

त्यसलगत्तै बजेट ध्वनिमतबाट अध्यादेश बहुमतले स्वीकृत भएको सभामुखले घोषणा गरे। उनको यो प्रस्ताव पनि एमालेको नाराबाजीकै बीच ध्वनी मतले पारित गरिएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले पेश गरेको आर्थिक अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि यी तीन अध्यादेशमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राख्ने कार्यसूची थियो ।

तर, एमाले सांसदको नाराबाजीका कारण सुवालले रोष्टमा गएर आफ्नो प्रस्ताव पेश गर्न पाएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here