प्रतिनिधि सभा बैठक बस्‍दै, यस्ता छन् सम्‍भावित कार्यसूची

काठमाडौं, २७ भदौ । प्रतिनिधि सभाको बैठक आज बस्‍दैछ । संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको हो ।

गत बुधबारदेखि सुरु भएको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन निरन्तर अवरोध गरिरहेको छ। अवरोधकैबीच सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

यसअघि शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

एमालेले पार्टीका तत्कालीन १४ सांसद्को कारबाही सभामुख अग्निप्रसाद सापकोटाले रोकेको भन्दै रुष्ट छ । दल विभाजन भइसकेपछि मात्रै निर्णय गरिरहनु नपर्ने भन्दै सूचना सुनाएपछि एमाले निरन्तर सदनमा विरोध गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here