सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ भदौ । आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो ।

आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ४०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य पनि घट्यो । आज चाँदीको मूल्य २० रुपैयाँ घटेर प्रतितोला ११९५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here