ट्विटरका अनावश्यक फलोअर्स हटाउन मिल्ने सफ्ट ब्लक फिचर

काठमाडौं । ट्विटरले कुनै पनि प्रयोगकर्तालाई आधिकारिक रूपमा ब्लक नगरी रिमुभ गर्न मिल्ने नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।

फिचरको वेबमा परीक्षण भइरहेको जनाउँदै कम्पनीले ‘सफ्ट ब्लक’ फिचरबाट कुनै पनि प्रयोगकर्तालाई ब्लक नगरी रिमुभ गर्न सकिने जनाएको हो ।

कम्पनीका अनुसार नयाँ फिचरको सहयताले फलोअर लिस्टबाट नचाहिने फलोअर्सलाई हटाउन सकिन्छ । यसका लागि फलोअरको नामको साइडमा देखिने तीनवटा थोप्लामा क्लिक गरेर ‘रिमुभ दिस फलोअर्स’ भन्ने अप्सनलाई सेलेक्ट गरेसँगै फलोअर्स हट्छ ।

फलोअर्सलाई रिमुभ गरेको नोटिस रिमुभ भएको प्रयोगकर्ताले थाहा पनि पाउँदैन । उक्त फिचर ब्लकिङ सिस्टमभन्दा केही फरक छ । कुनै फलोअरलाई ब्लक गर्दा उक्त फलोअरको कुनै पनि गतिविधि हेर्न वा म्यासेज पठाउन सक्दैन ।

तर, रिमुभ फिचरमा रिमुभ गरेका प्रयोगकर्ताको गतिविधहरू टाइमलाइनमा देखा नपर्ने कम्पनीले बताएको छ । द गार्डियन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here