तीन दिनमै नबिल ब्यालेन्स्ड् फण्ड–३ को आईपीओमा माग भन्दा बढीको आवेदन

काठमाडौं, २८ भदौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘नवील ब्यालेन्सड् फण्ड–३’को आईपीओमा तीन दिनमै माग गरेभन्दा बढीको आवेदन परेको छ ।

कुल ८ करोड ५० लाख एकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै उपलब्ध भन्दा बढी एकाई खरीदका लागि आवेदन प्राप्त भएको नबिल इन्भेष्टले बताएको छ ।

प्रतिएकाई मूल्य रु. १० दरको १० करोड एकाईमध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको एकाई संख्याको न्युनतम १४ प्रतिशत एकाई कोष प्रवद्र्धक नबिल बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित राखि बाँकी एकाई सार्वजनिक निष्काशन गरिएको हो ।

फण्डमा १२ करोड ६२ लाख ५५ हजारभन्दा बढी एकाइका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशत ले बढी आवेदन परेको छ । त्यसमध्ये १ लाख ०४ हजार ७ सय ७९ आवेदन प्रमाणित हुन बाँकी छ ।

यो योजनाको बिक्री मंगलबारसम्म हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here