प्रदेश एकमा एग्री बिजनेस इन्क्युबेशन प्रोग्रामको आवदेन खुल्ला

काठमाडौं, २८ भदौ । प्रदेश एकमा ‘एग्रि बिजनेस इन्क्युबेशन प्रोग्राम’ का लागि आवेदन खुला भएको छ ।

इच्छुक उद्यमीले प्रोग्रामका लागि असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रदेश एक भरका इच्छुकहरुले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैचीमा केन्द्रित रहेर आफ्नो व्यवसायिक आईडिया पेश गर्न सक्ने छन ।

नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आईडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा यो कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रमका लागि उत्कृष्ट दश आईडियाहरु छनोट गरिने छ र ती आईडिया पेश गर्ने प्रतिस्पर्धीहरुले १ हप्ता लामो वृहत उद्यमशीलतासम्बन्धी प्रशिक्षण बूटक्याम्प, पाँच महिना लामो मेन्टरशिप र व्यवसायिक विकास इन्क्युबेशनमा सहभागिताको अवसर पाउन सक्ने छन् ।

एग्रि बिजनेस इन्क्युबेसन प्रोग्रामअन्तर्गत सहभागीहरुले आफ्नो व्यवसायिक आईडियाबाट एउटा मूर्त प्रोटोटाइप, व्यवसायिक रणनीति र वित्तीय सहयोग पाएर मार्केट रेडी कमर्शियल प्रोडक्टको रुपमा आफूलाई विकास गर्न सक्ने आयोजकले बताएका छन ।

यो कार्यक्रमको लक्ष्य मकै, अलैची, डेरी र तरकारीका चार क्षेत्रमा कृषि व्यापार उत्पादनहरु वा सेवाहरु को मूल्य, सेवाहरु र प्रशोधनको लागी प्लेटफर्म प्रदान गर्ने भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here