आईसीसी विश्व क्रिकेट लिग: नेपाल र ओमान प्रतिस्पर्धा गर्दै

फाइलफोटो

काठमाडौं, २९ भदौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मंगलबार (आज) आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।घरेलु टिमविरुद्ध नेपाल जितको लक्ष्यसहित मैदानमा उत्रँदै छ।

नेपालले सिरिजअन्तर्गतको पहिलो खेलमा अमेरिकालाई हराएको थियो। सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

सिरिज अन्तर्गत सोमबार भएको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । ओमान लगातार दोस्रो जितको लक्ष्यमा हुनेछ ।

नेपाललाई बलियो टिम ओमानविरुद्ध जित निकाल्न सहज भने छैन । उसले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । उसले १० खेलमा १६ अंक जोडेको छ । नेपाल ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here