सुनको मूल्य बढ्यो

काठमाडौं, ३० भदौ । बुधबार सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको हो ।

मंगलबार प्रतितोला ९० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ६०० रुपैयाँ बढेर प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२०० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here