प्रतितोला ७०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं, ३१ भदौ । विहीबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

बुधबार प्रतितोला ९१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ७०० रुपैयाँ घटेर प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ ।

विहीबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन् । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२०० रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here