इण्टरनेटको मुल्य प्रतिग्राहक १५० देखि ३०० रुपैयाँसम्म बढ्ने

काठमाडौं, ३१ भदौ । इण्टरनेटको मूल्य बढ्ने भएको छ । इण्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) को बुधबार बसेको बैठकले लामो समयदेखि फाईबर र पोलको भाडा बढेको भन्दै इण्टरनेटको मूल्य पनि बढाउने निर्णय गरेको हो ।

संघले ग्रामिण भेगमा प्रतिग्राहक ३ सय र शहरी भेगमा प्रतिग्राहक १ सय ५० रुपैयाँका दरले इण्टरनेट सेवाको मूल्य बढाउने निर्णय गरेको बताएको छ ।

संघले गरेको शुल्क बढाउने निर्णय प्राधिकरणको स्विकृतिपश्चात मात्रै लागु हुनेछ । हाल नेपाल विद्युत प्राधिकरणले ओपीजी फाईबरको भाडा प्रतिकिलोमिटर ३२ हजार रुपैयाँ तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here