सरकारप्रति ओलीको कटाक्ष-‘फ्रिजबाट निकालिएका आइसका डल्ला बिलाएर जान्छन्’

फाइलफोटो

काठमाडौं, २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारको अटाक्ष गरेका छन् ।

शनिबार नेपाल निजामति कार्मचारी संगठनको कार्यक्रममा ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र १५ महिनापछि पाँच दलीय गठबन्धन बिलाएर जाने बताएका हुन् ।

त्यही भएर गठबन्धन सरकारले अहिले दुःख दियो भनेर चिन्ता नलिन पार्टी निकट नेपाल निजामति कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूलाई उनले आग्रह गरे ।

‘यी फ्रिजबाट निकालिएका आइसका डल्ला हुन्, आफैं बनेका होइनन्,’ ‘डल्ला बाहिर राख्नेबित्तिकै बिलाएर जान्छन् ओलीले भने ।’

देउवा नेतृत्वको सरकार विचित्र ढंगले बनेको बताउँदै वर्तमान सरकार भ्रष्टाचारमा लिप्त हुन थालेको आरोप लगाए ।

देउवा सरकारले सोझै कसैलाई सेटिङमा छुट दिन करको दरमा ठूलो हेरफेर गरेको उनले बताए ।

खर्बौं रूपैयाँ तलमाथि पर्ने गरी करको दर हेरफेर सेटिङमा भएको छैन भन्न सकिने ठाउँ नभएको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here